काठमाडौं । प्रधानमन्त्रीको आह्वानमा आज (साउन १३ गते, बुधबार) अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा के–कस्ता एजेन्डामाथि छलफल हुने भन्ने विषय सार्वजनिक गरिएको छैन। मन्त्रिपरिषद्को बैठकबाट सरकारका विभिन्न समसामयिक विषयमा आवश्यक निर्णयहरू हुने अपेक्षा गरिएको छ।
बैठक सम्पन्न भएपछि मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गरिनेछ।
29 Jul 2026