उच्च पहाडी क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना, तराईमा हुस्सु

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु/कुहिरो देखिनेछ।

महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लाग्नेछ। साथै लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र तथा बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

यस्तै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा देखिन सक्ने परिवर्तनलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रिया