काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा १२० रुपैयाँको गिरावट आएको छ ।
आज सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यसको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदी आज प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
17 Apr 2026