सुन–चाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको छ। यो वृद्धिसँगै सुनको मूल्य तोलामा ३ लाख १ हजार रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन तोलामा २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ५ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।शुक्रबार चाँदी तोलामा ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया