आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै

hitkhabar.com


काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन जन्मदाता आमाप्रति सम्मान प्रकट गर्दै मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा र भक्तिसाथ मनाइँदैछ । यस अवसरमा छोराछोरीले आमालाई मीठा–मीठा परिकार खुवाई आशीर्वाद लिने परम्परा रहेको छ ।

शास्त्रअनुसार आमा, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा मानिने भएकाले आमाप्रति श्रद्धा, भक्ति र सम्मान व्यक्त गर्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

आज बिहानै नुहाएर आमालाई नयाँ लुगा लगाउन दिने, मीठा खानेकुरा खुवाउने र आशीर्वाद लिने चलन रहेको छ । आमा नभएकाहरूले दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा रहेको छ ।

वैदिक शास्त्रमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने भावअनुसार जन्म दिने आमा र जन्मभूमिलाई स्वर्गभन्दा पनि श्रेष्ठ मानिएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया