काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री पदमा नियुक्त गरेको छ ।
काठमाडौंको चःमतीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । पार्टी प्रवक्ता मनिष झाले उक्त निर्णयबारे जानकारी दिएका हुन् ।
यसैगरी बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यको जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
पार्टीले संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउन विभिन्न तहमा नयाँ जिम्मेवारीहरू थप गर्दै अघि बढिरहेको जनाएको छ
20 Apr 2026