काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भएको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने यही सुन २ लाख ९९ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो।
यता, चाँदीको मूल्यमा भने हल्का गिरावट देखिएको छ। सोमबार प्रतितोला ५ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घट्दै ५ हजार १ सय ६० रुपैयाँमा सीमित भएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावको प्रभावअनुसार महासंघले दैनिक रूपमा नेपाली बजारका लागि सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
21 Apr 2026