प्रधानमन्त्री शाह र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल सम्पन्न

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल सम्पन्न गरेका छन्।

छलफलमा विकास निर्माण कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा संघ र प्रदेशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित गरिएको थियो।

बैठकमा संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउने, योजना कार्यान्वयनमा देखिएका चुनौती समाधान गर्ने र विकास परियोजनालाई समयमै सम्पन्न गर्ने विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ।

छलफलले संघीय शासन प्रणालीलाई अझ प्रभावकारी र समन्वयात्मक रूपमा अघि बढाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूले जनाएका छन्।

प्रतिक्रिया