दोस्रो संस्करणको एनपिएल : उद्घाटन खेलमै काठमाडौं गोर्खाजको रोमाञ्चक जित

hitkhabar.com


काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्समाथि शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा जनकपुरले दिएको लक्ष्य काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटको सहज जितसँगै पूरा गर्यो।

पहिलो इनिङ्समा जनकपुरले प्रस्तुत गरेको चुनौतीलाई काठमाडौंका बल–व्याट दुवै विभागको सन्तुलित प्रदर्शनले दबाबमा पारेको थियो। उत्कृष्ट साझेदारीका आधारमा काठमाडौंले प्रतिस्पर्धात्मक लक्ष्य सहजै हासिल गर्दै लिगको पहिलो खेलबाटै विजयी सुरुवात गर्न सफल बन्यो।

एनपिएल यस वर्ष मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। लिग चरणपछि तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल आयोजना हुने आयोजकले जनाएको छ।

यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।

प्रतियोगिताको दोस्रो दिन मंगलबार पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुनेछ भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्।

प्रतिक्रिया