काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाले दिएको जानकारीअनुसार देशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने पहाडी तथा अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तराईका केही स्थानमा बिहानपख देखिने हुस्सु–कुहिरोका कारण दैनिक जनजीवन तथा यातायातमा आंशिक असर पर्न सक्ने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन र विशेषगरी सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ।
26 Jan 2026