मेडिकल काउन्सिलका नवनियुक्त पाँच सदस्यले लिए शपथ

hitkhabar.com


काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा पाँच जना नयाँ सदस्य नियुक्त भएका छन्। नियुक्त भएका सदस्यहरूले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपाल मेडिकल काउन्सिलका नवनियुक्त सदस्यहरूमा डा. गोपाल कुमार चौधरी, डा. प्रतिभा बिष्ट रोका, डा. श्यामेन्द्र बहादुर सिंह, डा. बोध विक्रम कार्की र डा. सुभित मास्के रहेका छन्।

नियुक्तिपछि आयोजित कार्यक्रममा उनीहरूले काउन्सिल सदस्यको जिम्मेवारी सम्हाल्ने क्रममा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

नवनियुक्त सदस्यहरूले काउन्सिलको जिम्मेवारीअनुसार आफ्नो भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया