आज देशभर आंशिक बदली, केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू–भाग नजिक विकसित न्यून चापीय क्षेत्रका कारण मौसममा आंशिक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसममा हुने यस्तो परिवर्तनले दैनिक जनजीवन, विशेषगरी सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रतिक्रिया