साइबर ठगी नियन्त्रण गर्न नेपाल प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र सञ्चालनमा

hitkhabar.com


काठमाडौं । साइबर स्क्याम तथा डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीको एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) सञ्चालनमा आएको छ ।

काठमाडौंको सामाखुसीस्थित नेपाल प्रहरी साइबर ब्यूरोको नयाँ भवनमा स्थापना गरिएको उक्त केन्द्रबाट २४ सै घण्टा सेवा उपलब्ध हुने भएको छ ।

नेपाल प्रहरी तथा बैंकिङ, वित्तीय, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक निकायबीचको समन्वयमा केन्द्र सञ्चालन गरिनेछ ।

साइबर स्क्याम तथा डिजिटल ठगीका घटनामा परेका वा त्यस्तो ठगीको शंका लागेका व्यक्तिले तत्काल हटलाइन नम्बर १२४७ मा सम्पर्क गर्न सक्नेछन् ।

केन्द्रमार्फत सम्बन्धित निकायबीच समन्वय गरी साइबर ठगीका घटनामा छिटो प्रतिकार्य गर्ने व्यवस्था मिलाइएको छ ।

सचेत बनौँ, सुरक्षित रहौँ । सुरक्षित डिजिटल नेपाल निर्माणमा हातेमालो गरौँ ।


प्रतिक्रिया