काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ। वि.सं. २०८२ मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारको महत्वपूर्ण प्रशासनिक जिम्मेवारी सम्हाल्ने मुख्यसचिव पदमा अर्यालको नियुक्तिले आगामी दिनमा प्रशासनिक व्यवस्थापन, नीतिगत समन्वय र संघीय संरचनाअन्तर्गत नीति कार्यान्वयनमा नयाँ उर्जा थपिने अपेक्षा गरिएको छ।
अर्याल यसअघिका विभिन्न महत्त्वपूर्ण मन्त्रालय तथा निकायमा जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासक मानिन्छन्। उनी भौतिक पूर्वाधार, गृह प्रशासनदेखि नीति योजना क्षेत्रमा समेत सक्रिय रूपमा कार्यरत रहँदै आएका छन्।
मन्त्रिपरिषद्को निर्णयसँगै अर्याल अब सरकारको प्रशासनिक संयोजन, विभिन्न निकायबीच समन्वय, नीतिगत निर्देशन तथा निरन्तरता कायम गर्ने मुख्य भूमिकामा रहनेछन्।
24 Nov 2025