राष्ट्रियसभाको उपाध्यक्षमा लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित

hitkhabar.com


काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छिन्।

सोमबार (चैत २३) बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि भण्डारी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमार्फत भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए।

नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बैठकमा सहभागी सांसदहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

एमाले, नेपाली कांग्रेस लगायतका प्रमुख राजनीतिक दलहरूको सहमतिमा उनी उपाध्यक्ष पदमा निर्विरोध चयन भएकी हुन्।

भण्डारी यसअघि संविधानसभा सदस्यका रूपमा काम गरिसकेकी छन् भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन्।


प्रतिक्रिया