सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

hitkhabar.com


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला २६ सय रुपैयाँले घटेको हो।

आज सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको छ। आइतबार भने चाँदी ४ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिने गरेको छ।

प्रतिक्रिया