काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
प्राप्त जानकारी अनुसार बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै विभिन्न महत्वपूर्ण निर्णयहरू गरिने जनाइएको छ।
सरकारका तर्फबाट बैठकको एजेण्डा सार्वजनिक गरिएको छैन, तर पछिल्ला राजनीतिक तथा प्रशासनिक विषयलाई केन्द्रमा राखेर निर्णय हुने अपेक्षा गरिएको छ।
07 Apr 2026