राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्ट नियुक्त

hitkhabar.com


काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। संघीय मामिला तथा प्रशासन तथा भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले बैठकपछि सो जानकारी सार्वजनिक गरेकी हुन्।

सरकारले आर्थिक तथा विकास योजनाको प्रभावकारी कार्यान्वयनका लागि आयोगको नेतृत्व सुदृढ बनाउने उद्देश्यले यो नियुक्ति गरेको जनाएको छ।

प्रतिक्रिया