पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय

hitkhabar.com


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्दै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास कर आधा घटाउने निर्णय गरेको हो।

सरकारले पेट्रोलियम पदार्थको खपत नियन्त्रणका लागि विभिन्न कदमहरू अघि बढाइसकेको समेत मन्त्री रावलले बताइन्। आवश्यक परे सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने विकल्प पनि खुला राखिएको उनले स्पष्ट पारिन्।

सरकारले इन्धन व्यवस्थापनलाई सन्तुलित बनाउन र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्यसहित यस्तो कदम चालेको बताइएको छ।

प्रतिक्रिया