काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदमा किरण पण्डित नियुक्त भएका छन्। मंगलबार (चैत २४) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिएको हो।
संघीय मामिला तथा प्रशासन मन्त्री तथा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलका अनुसार रिक्त रहेका दुई डेपुटी गभर्नर पदमध्ये एकमा अर्थ मन्त्रालयको सिफारिसमा पण्डितलाई नियुक्त गरिएको हो।
यसअघि डेपुटी गभर्नर रहेका नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल पनि चैत २४ गते नै समाप्त भएपछि ती पदहरू खाली भएका थिए।
पण्डित हाल नेपाल राष्ट्र बैंकको वैदेशिक विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकको रूपमा कार्यरत रहेका छन्।
07 Apr 2026