काठमाडौं — त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक दीपक अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रा.डा. अर्यालले शपथ लिएका हुन्। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त लगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।
कुलपति ओलीले सिफारिस समितिले सिफारिस गरेका उम्मेदवारहरूमध्येबाट प्राडा. अर्याललाई उपकुलपति पदमा नियुक्त गरेका थिए।
यस नियुक्तिले त्रिभुवन विश्वविद्यालयको नेतृत्व थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
09 Jul 2025