काठमाडौं । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज र एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय पोर्टल सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना तथा विज्ञप्ति, कार्यक्रम, नीति र सरकारी सेवासम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिनेछ।
पोर्टलमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकसँग सम्बन्धित सूचना, समाचार र महत्वपूर्ण अपडेटहरू पनि उपलब्ध गराइएको छ। साथै सामाजिक सुरक्षासम्बन्धी जानकारीसमेत नागरिकले सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सरकारी निकायबाट सार्वजनिक हुने विभिन्न सूचना तथा सेवासम्बन्धी जानकारीका लागि नागरिकले राष्ट्रिय पोर्टल प्रयोग गर्न सक्नेछन्।
राष्ट्रिय पोर्टलमा जान nepal.gov.np
02 Sep 2026