आज देशका विभिन्न क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेश प्रदेशसहित कोशी प्रदेशको तराई क्षेत्र, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले मेघगर्जन तथा चट्याङ्गको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। साथै वर्षा र हिमपातका कारण दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा समेत आंशिक प्रभाव पर्न सक्ने बताइएको छ।

प्रतिक्रिया