काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा नेपाल–भारतबीचको आपसी सम्बन्ध तथा द्विपक्षीय चासोका विषयमा छलफल भएको जनाइएको छ। यद्यपि भेटमा भएका विषयवस्तुबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेको विषयलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि सार्वजनिक गरेको छ।
10 Aug 2026