दीक्षान्त समारोहको अध्यक्षता गर्न पाउँदा गर्व लागेको शिक्षामन्त्री पोखरेलको भनाइ

hitkhabar.com


काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहको अध्यक्षता गर्न पाउँदा आफूलाई गर्व लागेको बताएका छन्।

मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै दीक्षान्त समारोहको अध्यक्षता गर्ने अवसर पाउनु आफ्नो लागि खुशीको क्षण भएको उल्लेख गरेका छन्।

उनले स्नातक, स्नातकोत्तर तथा एम.फिल तह पूरा गरेका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया