मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक: धितोपत्र बोर्ड अध्यक्ष छनोटदेखि सहकारी समितिमा नयाँ नियुक्ति

hitkhabar.com


काठमाडौं । २०८३ वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारको निर्णयअनुसार नेपाल धितोपत्र बोर्ड को अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाइएको छ भने विभिन्न विधेयक संसदमा पेस गर्ने स्वीकृति पनि दिइएको छ।

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको छ। समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायभुवनकुमार दाहाल सदस्यका रूपमा रहेका छन्।

त्यसैगरी, सरकारले केही महत्त्वपूर्ण ऐनहरू संशोधन गर्न बनेका विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। तीमध्ये नेपाल विशेष सेवा ऐन, २०४२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४मतदाता नामावली ऐन, २०७३ रहेका छन्।

यसैबीच, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ नियुक्तिहरू गरिएको छ। समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त भएका छन्। सदस्यहरूमा नवराज सिम्खडारोशन बहादुर शाक्य लाई नियुक्त तथा मनोनयन गरिएको छ।

सरकारका यी निर्णयहरूले वित्तीय क्षेत्रको नियमन, निर्वाचन प्रणाली सुधार र सहकारी व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया