देशभर पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु र कुहिरो

hitkhabar.com


काठमाडौं । देशभर हाल पनि पश्चिमी वायुको प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम प्रायः सफा देखिएको छ। तराईका अधिकांश क्षेत्रमा भने हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो र रातिको समयमा पनि तराई क्षेत्रमा हुस्सु लागिरहने सम्भावना छ। साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस अवस्थाले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा केही असर पार्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया