एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

hitkhabar.com


काठमाडौँ। नेकपा एमालेको ११औँ महाधिवेशनबाट केपी शर्मा ओली पुनः पार्टी अध्यक्षमा निर्वाचित हुनुभएको छ। हालै सम्पन्न मतगणनाको नतिजा अनुसार उहाँले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई उल्लेखनीय मतान्तरले पराजित गर्नुभएको हो।

मत परिणामअनुसार अध्यक्ष ओलीले १ हजार ६६३ मत प्राप्त गर्नुभएको छ भने पोखरेलले ५६४ मतमा सीमित हुनुभयो।

यसै महाधिवेशनबाट पार्टीको महासचिव पदमा शंकर पोखरेल निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया