काठमाडौं । सम्माननीय सभामुख डोल प्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डानियल मेउल्लीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा नेपाल–स्विट्जरल्याण्डबीचको ऐतिहासिक सम्बन्ध, संसदीय सहकार्य तथा आर्थिक सहयोगका विविध विषयमा छलफल भएको छ ।
सभामुख अर्यालले सन् १९५६ देखि कायम द्विपक्षीय सम्बन्ध प्रगाढ रहेको उल्लेख गर्दै पारस्परिक सम्मान र सहयोगमा आधारित मित्रता अझ सुदृढ बनाउने धारणा व्यक्त गर्नुभयो ।
उहाँले स्विट्जरल्याण्डको सहभागितामूलक लोकतन्त्र विश्वकै उदाहरणीय अभ्यास भएको बताउँदै नेपालले लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउने प्रयास गरिरहेको जानकारी दिनुभयो ।
राजदूत मेउल्लीले जलवायु परिवर्तन तथा विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने र नेपालको लोकतन्त्र तथा शान्ति प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
09 Apr 2026