पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हाजिरी जमानीमा रिहा

hitkhabar.com


काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ।
चैत १४ गते पक्राउ परेका उनीहरूलाई आवश्यक परेको बेला उपस्थित हुने सर्तमा परिवारको जिम्मामा छोडिएको प्रहरीले जनाएको छ।

सर्वोच्च अदालतको आदेशपछि र सरकारी वकिलको सहमतिमा रिहा गरिएको हो। जेनजी आन्दोलन दमनसम्बन्धी मुद्दामा थप म्याद नथप्ने आदेश पनि अदालतले दिएको थियो।

तर, ओलीको पत्थरीको उपचार जारी रहेकाले उनी त्रिवि शिक्षण अस्पतालमै बस्ने र सोमबार मात्र डिस्चार्ज हुने जनाइएको छ।

प्रतिक्रिया