नेपाल विद्युत् प्राधिकरणले थप ८ जेएनजी सहिद परिवारलाई रोजगारी दिने

hitkhabar.com



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ। बैठकले जेएनजी आन्दोलनका सहिद परिवारका छुटेका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सहिद भएका परिवारका सदस्यहरूलाई समेट्दै कार्यविधि २०८२ अनुसार थप ८ जना परिवारका सदस्यलाई रोजगार प्रदान गरिने तय गरिएको हो। यसअघि नै प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया अघि बढाइसकेको थियो।

बुधबार रोजगारी पाउने सहिद परिवारमा श्रेष्ठ वनस्थली, अम्बिका विश्वकर्मा (उदयपुर), सुमित्रा महत (सिन्धुपाल्चोक), शीतल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) र मञ्जु पौडेल (लमजुङ) रहेका छन्।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्याङ्कनको जानकारी पनि सञ्चालक समितिले लिएको छ।


प्रतिक्रिया