एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि, मंसिर ५ मा समापन हुने

hitkhabar.com


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आयोजना हुने मिति तय भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार प्रतियोगिताको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो। क्यानले सार्वजनिक गरेको जानकारीअनुसार एनपीएल कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

अंग्रेजी पात्रोअनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म आयोजना हुनेछ।

प्रतिक्रिया