उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेट

hitkhabar.com


काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधान सेनापति अशोकराज सिग्देलबीच शिष्टाचार भेटवार्ता भएको छ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार भएको भेटमा बडादशैंको शुभकामना आदानप्रदानसँगै मुलुकको समग्र सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषयलगायत विविध पक्षमा सौहार्दपूर्ण छलफल भएको हो।

भेटका क्रममा उपराष्ट्रपति यादवले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र आन्तरिक सुरक्षा कायम राख्न नेपाली सेनाले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भोटेकोशी बाढीले निम्त्याएको विपत्तिका क्रममा नेपाली सेनाले पुर्‍याएको महत्त्वपूर्ण योगदानको पनि उच्च प्रशंसा गर्नुभयो।

त्यस अवसरमा प्रधान सेनापति सिग्देलले नेपाली सेनाले देशभर सम्हाल्दै आएको सुरक्षा प्रबन्ध, सीमा सुरक्षा तथा शान्तिसुरक्षाको वर्तमान अवस्थाबारे उपराष्ट्रपति यादवलाई जानकारी गराउनुभयो। उहाँले भोटेकोशी विपत्तिका क्रममा सेनाले सञ्चालन गरेको उद्धार कार्यबारे पनि जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया