काठमाडौं । बाढी, डुबानलगायत सहरी क्षेत्रमा देखिने जलजन्य विपद् व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले डिजिटल प्रणाली विकास तथा प्रयोगमा जोड दिएको छ।
महानगरपालिकाले खोज तथा उद्धार, जोखिम पहिचान, पूर्वतयारी र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री प्रणालीमार्फत काम अघि बढाइरहेको जनाएको छ।
सार्वजनिक निर्माण विभागले तयार पारेको विवरणका आधारमा महानगरले AI भिडियोसमेत तयार गरेको छ। उक्त भिडियोमा बाढी, डुबान तथा जलजन्य विपद् व्यवस्थापनका लागि अपनाइएका प्रयास र सम्भावित उपायहरू प्रस्तुत गरिएको छ।
महानगरका अनुसार सहरी क्षेत्रमा बढ्दै गएको डुबानको समस्या समाधान गर्न संरचनागत सुधारसँगै डिजिटल प्रविधिको प्रयोग आवश्यक देखिएको छ। यसले विपद्को समयमा छिटो सूचना प्रवाह, खोज तथा उद्धार कार्य र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।
https://www.facebook.com/reel/4340733176144600