काठमाडौं । प्रधानमन्त्री बालेन शाहकी पत्नी सबिना काफ्लेले कला र कलाकारले समाजलाई नयाँ सोच, भावना र दृष्टिकोण दिन सक्ने बताएकी छन्।
काफ्लेले कला प्रदर्शनीमा देखिएका सिर्जनाले परम्परा र समकालीन सोचबीच संवाद गरिरहेको उल्लेख गर्दै नेपाली कला, संस्कृति र सिर्जनालाई पुस्तौँसम्म संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले एउटा मूर्तिको आँखामा शान्ति, देवताको हातको मुद्रामा अर्थ तथा चित्रका रंगमा भावना अभिव्यक्त हुने बताएकी छन्। उनका अनुसार कला सधैँ सहज उत्तर दिने माध्यम मात्र नभई मानिसलाई आफैँ सोच्न बाध्य बनाउने असहज प्रश्न पनि हुन सक्छ।
काफ्लेले हिजो आयोजित कला प्रदर्शनीमा परम्परासँग संवाद गरिरहेका नading paniयाँ तथा समकालीन सिर्जना हेर्दा आफूलाई निकै रमाइलो लागेको बताएकी छन्।
उनले पुस्तौँदेखि देवताका स्वरूपहरू संरक्षण गर्दै आएको उल्लेख गर्दै अब त्यससँगै कलाकार, कला, कथा, दर्शन र भावनालाई पनि आगामी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याएकी छन्।
काफ्लेले प्रदर्शनीमा सहभागी सम्पूर्ण कलाकारप्रति उच्च सम्मान व्यक्त गरेकी छन्।
For full video: https://www.facebook.com/share/r/1JLvZx3Vwp/?mibextid=wwXIfr