कास्य पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने सरकारको निर्णय

hitkhabar.com


काठमाडौं ।
सरकारले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा कास्य पदक जितेर नेपालको गौरव बढाउने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले कराते खेलतर्फ कास्य पदक जित्न सफल तेन्जिङ शेर्पा तथा उनका प्रशिक्षकलाई प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा कास्य पदक जित्न सफल महिला कबड्डी टोलीका खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई पनि पुरस्कारसहित सम्मान गरिने भएको छ।

खेलाडीको प्रदर्शनमा योगदान पुर्‍याउने सहायक प्रशिक्षक तथा व्यवस्थापकलाई समेत पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।

सरकारले खेलकुद क्षेत्रको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा मनोबल उच्च राख्न प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। पुरस्कारले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको नाम उच्च राख्न योगदान पुर्‍याउने खेलाडी तथा खेलकुदकर्मीलाई सम्मान गर्ने सरकारको निर्णयले खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।

प्रतिक्रिया