देशभर पश्चिमी वायूको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो देखिने सम्भावना रहेको छ।

महाशाखाले जनाएअनुसार देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ। यसले दैनिक जनजीवन तथा यातायातमा पहाडी क्षेत्रमा खासै अवरोध नपर्ने देखिएको छ।

त्यसैगरी आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहने अनुमान गरिएको छ। रातिको समयमा तापक्रम घट्न सक्ने भएकाले तराई क्षेत्रका सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया