काठमाडौं । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको असरका कारण देशका विभिन्न भू–भागमा आंशिक बदली देखिएको छ।
महाशाखाले जनाएको अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। यस्तै, देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी पहाडी तथा तराई क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।
यसैबीच, हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। मौसमको यस्तो अवस्थाले दैनिक जनजीवन र यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
02 Feb 2026