पश्चिमी वायूको असर कायमै, पहाड–हिमालमा मौसम सफा

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

महाशाखाले जनाएको अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यस्तै, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ। देशका पहाडी तथा हिमाली भू–भागमा भने राति पनि मौसम सामान्यतया सफा नै रहने महाशाखाको पूर्वानुमान छ।

मौसमका कारण दैनिक जनजीवन, विशेषगरी बिहान र रातिको समयमा सवारी आवागमनमा सामान्य असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया