सुनचाँदीको मूल्य घट्यो, आज सुन तोलाको २ लाख ८८ हजार ४००

hitkhabar.com


काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य २२० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ३५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम थियो।

बुधबारको तुलनामा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको हो।


प्रतिक्रिया