काठमाडौंको माछापोखरीमा दुई युवकबीच झगडा, एक जनाको मृत्यु

hitkhabar.com


काठमाडौं । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सडकखण्डमा राति करिब १२ः१२ बजे दुई युवकबीच विवाद भई झगडा भएको थियो।

प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९, मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङबीच विवाद भएको थियो।

झगडाका क्रममा तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा दिउँसो १ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया