भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

hitkhabar.com


काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको भीषण बाढीबाट ज्यान गुमाउनेहरूप्रति सम्मानस्वरूप सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको छ।

राष्ट्रिय शोकका दिन सार्वजनिक बिदा भने दिइने छैन। उक्त दिन सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गर्न सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।

प्रतिक्रिया