आजको मौसम: उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

महाशाखाले जनाएअनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।

यस्तै, पूर्वी तथा मध्य तराईका थोरै स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमको यस अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सरोकारवाला निकायले अनुरोध गरेका छन्।

प्रतिक्रिया