काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले मौसम पूर्ण रूपमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक९दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि उच्च रहेको छ ।
आज रातिसमेत मौसम बदली नै रहनेछ भने कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका साथै बाँकी तराई भूभागका धेरै स्थानहरू तथा पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित वर्षा हुनसक्ने विभागको भनाइ छ । यसैबीच, बागमती प्रदेशको पहाडी क्षेत्रमा पनि एक९दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाले मनसुन थप सक्रिय हुने संकेत दिँदै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।