काठमाडौं । आज देशका केही स्थानमा मौसम आंशिक रूपमा बदली हुने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको हो। दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारण बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली देखिनेछ।
तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, रातिको समयमा कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रहरूमा मौसम प्रायः सफा रहने पूर्वानुमान विभागले गरेको छ। राति पनि उच्च भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको छ।