नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण

hitkhabar.com


काठमाडौं । बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडान सुरु गर्न माग गरेका छन् ।

सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा सहभागीहरूले नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक वृद्धिका लागि सिधा सेवा आवश्यक रहेको बताए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको हो ।

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यस विषयमा सकारात्मक रहेको र भारत सरकारसँग छलफल गर्ने आश्वासन दिएका छन् । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग विस्तार र जमिन संरक्षणमा समेत चासो दिने बताएका छन् ।

प्रतिक्रिया