काठमाडौं । आज देशभर मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर विशेष प्रभाव पार्ने कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय छैन।
हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिए पनि तराई तथा अन्य भूभागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ भने बाँकी भूभागमा मौसम सफा रहने अनुमान गरिएको छ।
यसैगरी, आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तर अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।
18 Nov 2025