बुढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम

hitkhabar.com


काठमाडौं । बुढीगण्डकी नदीमा बाढी खतरा तहभन्दा माथि पुगेको छ। नदीमा पानीको सतह बढ्ने र घट्ने क्रम जारी रहेकाले त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले असोज २५ गते बिहान ९ः२५ बजे जारी गरेको सूचनाअनुसार त्रिशूली नदीको बेनीघाटसम्मको क्षेत्रमा अति उच्च जोखिम रहेको छ। उक्त क्षेत्रका बासिन्दालाई सुरक्षित उच्च स्थानमा जान आग्रह गरिएको छ।

त्यस्तै, मुग्लिनसम्मको क्षेत्रमा उच्च जोखिम रहेकाले त्यहाँका बासिन्दालाई उच्च सतर्कतामा रहन अनुरोध गरिएको छ।

चितवन र नवलपरासीका नदी आसपासका क्षेत्रमा मध्यम जोखिम रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

बाढीसम्बन्धी थप जानकारीका लागि नेपाल बाढी सूचना फेसबुक पेज वा ११५५ को विकल्प २ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।

प्रतिक्रिया