काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाले जनाएअनुसार देशका पहाडी तथा हिमाली भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
त्यसैगरी, आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने पहाडी र हिमाली भू–भागमा मौसम सामान्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ।
मौसमविद्हरूले विशेषगरी बिहान र बेलुकाको समयमा तराई क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेका छन्।
05 Feb 2026