काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नवनिर्वाचित उपसभामुख माननीय रूबी कुमारी ठाकुरसँग पदभार ग्रहणपछि पहिलो शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै, आगामी संसदीय कार्यसम्बन्धी विषयमा दुवैबीच संक्षिप्त छलफल भएको बताइएको छ ।
13 Apr 2026